नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनीबीच पैचिङ भेटवार्ता

criPublished: 2023-11-07 14:48:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर ६ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा चीनको औपचारिक भ्रमणमा रहेका अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटघाट गर्नुभएको छ।राष्ट्राध्यक्ष सीका अनुसार यो वर्ष ह्वाइटलामको प्रधानमन्त्रीको रूपमा चीनको पहिलो भ्रमणको ५०औँ वार्षिकोत्सव हो। उहाँले भन्नुभयो, ‘पानी पिउँदा इनार खन्ने मान्छेलाई कहिल्यै नबिर्सनू’ चीन-अष्ट्रेलिया सम्बन्धमा यो "इनार खनेको मान्छे" लाई चिनियाँ जनताले कहिल्यै बिर्सने छैनन्।चीन-अष्ट्रेलिया सम्बन्धको ५० वर्षको नयाँ सुरुवातको स्वागत गरेको बताउँदै सीले एक स्वस्थ र स्थिर चीन-अष्ट्रेलिया सम्बन्धले दुई देश र जनताको साझा हित र क्षेत्रीय साझा अपेक्षाहरू पूरा गर्ने बताउनुभयो। ‘हामीले चीन-अष्ट्रेलिया व्यापक रणनीतिक साझेदारीको निरन्तर विकासलाई प्रवर्द्धन गर्नुपर्छ’, सीले थप्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn