नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र ग्रीसका प्रधानमन्त्री बीच भेटवार्ता

CRIPublished: 2023-11-03 20:12:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ३ तारिख अपरान्ह जन बृहत् सभा भवनमा ग्रीसका प्रधानमन्त्री क्यिर्याकोस मिट्सोटाकिससँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीन र ग्रीस “बेल्ट एण्ड रोड” को साझा निर्माण गर्ने र सभ्यताको आदानप्रदान तथा आपसी सिकाइको साझेदार हुन्। हितकर सहकार्य र सभ्यताको आदानप्रदान चीन र ग्रीसको सम्बन्धका दुईवटा लिङ्क हुन्। चीनले ग्रीससँग विकास रणनीतिको जोडलाई सबल पारेर यातायात, जहाज, ऊर्जा-स्रोत, सञ्चार, बैकिङलगायत क्षेत्रको सहकार्यलाई गहन पार्नुका साथै हरित अर्थतन्त्र, डिजिटल अर्थतन्त्र, विज्ञान तथा प्रविधिको नवीनताबारे सहकार्य मौका विस्तार गर्दै “बेल्ट एण्ड रोड” को उच्च गुणस्तरीय साझा निर्माणलाई अगाडि बढाउने इच्छा राखेको छ।

चालू वर्ष चीन र यूरोपेली संघबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको स्थापना भएको बीसौं वार्षिकोत्सव हो। चीन र यूरोपको सम्बन्ध जनताको फाइदासित सम्बन्धित हुनुका साथै विश्वको शान्ति, स्थिरता तथा समृद्धिसित पनि सम्बन्धित रहेको छ। चीन र यूरोपको सम्बन्धको विकासमा ग्रीसले निरन्तर रूपमा रचनात्मक भूमिका खेल्ने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

प्रत्युत्तरमा ग्रीसले एक चीन नीति लागू गर्नुका साथै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा चीनको निष्पक्ष अडानमाथि उच्च प्रशंसा गरेको प्रधानमन्त्री मिट्सोटाकिसले व्यक्त गर्नुभएको छ। ग्रीसले चीन र यूरोपको पुल बन्ने इच्छा पनि राखेको छ।

Share this story on

Messenger Pinterest LinkedIn