नेपाली

वाङ यीद्वारा जोर्डनका उप-प्रधानमन्त्री एवम् विदेश तथा प्रवास मन्त्री सफादीसँग टेलिफोन वार्ता

criPublished: 2023-11-03 15:55:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सदस्य, परराष्ट्र मन्त्री वाङ यीले नोभेम्बर २ तारिख जोर्डनका उप-प्रधानमन्त्री एवम् विदेश तथा प्रवास मन्त्री ऐमान सफादीसँग टेलिफोन वार्ता गर्नुभएको छ।

वाङ यीले गाजामा अवस्थित शरणार्थी शिविरमाथि गरिएको आक्रमणको कडा शब्दमा चीनले निन्दा गरेको बताउँदै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा एकमत प्राप्त गर्न तथा तनावपूर्ण स्थितिलाई खुकुलो पार्न विभिन्न पक्षहरुसँग घनिष्ठ सम्पर्क तथा समन्वय गर्न र सक्दो कोसिस गर्न चीन इच्छुक रहेको विचार व्यक्त गर्नुभयो। यसका साथै अरु आधिकारिक अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको यथाशीघ्र आयोजना गर्न, “दुई देशको प्रस्ताव”को पुन:संचालन गर्न नयाँ मतैक्य प्राप्त गर्न र ठोस समय तालिका र रोड म्याप बनाउन कोसिस गर्ने इच्छा चीनले लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

त्यसै गरी सफादीले प्यालेष्टाइन समस्यामा चीनले न्यायको अडान लिएकोमा चीनलाई आभार व्यक्त गर्दै चीनसँगै मिलेर “दुई देशको प्रस्ताव”को पालना गर्न र क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षण गर्न जोर्डन इच्छुक रहेको व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn