नेपाली

छैटौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो चाँडै शुरू हुने

CRIPublished: 2023-11-01 14:52:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर ५ तारिख छैटौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो शाङहाईमा शुरू हुनेछ। गत सेप्टेम्बर २१ तारिख सो एक्स्पोको पहिलो चरणमा माल सामान सुचारू रूपमा आयात अनुमोदन गरिएपछि शाङहाई भन्सारले जम्मा १४६ खेपमा सीमा पार गर्न अनुमोदन गरिसकेको छ। आगामी दिनहरूमा अधिकांश माल सामानहरूलाई सीमा पार गरी एक्स्पोमा पठाइनेछ।

अक्टोबर ३० तारिख चालु वर्षको चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पोमा प्रदर्शन गरिने पहिलो खेपका सांस्कृतिक कला वस्तुहरूलाई भन्सारले जाँचबुझ गरेपछि अनुमोदन गरेको छ। ती सांस्कृतिक कला वस्तुहरू लगातार रूपमा शाङहाई वाइ काउ छ्याउ कर संरक्षण क्षेत्रबाट सीमाभित्र आउने भएका छन्। ती सांस्कृतिक कला वस्तुका सन्दर्भमा सम्बन्धित व्यवसायका लागि सीमाभित्र प्रवेश गर्ने समय र आर्थिक लागतलाई कम गर्न शाङहाई भन्सारले विशेषत: आवेदन तरिकाको पनि समन्वय गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn