नेपाली

हाङचौ पारा एशियाली खेलकुद समारोह सफलतापूर्वक सम्पन्न

criPublished: 2023-10-30 15:27:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाङचौ चौथो पारा एशियाली खेलकुद समारोह अक्टोबर तारिख २८ सम्पन्न भएको छ। खेलाडीहरूले हिम्मतकासाथ खेलकुद भावनालाई प्रदर्शन गर्नुका साथै प्रतिस्पर्धाबाट जीवनको सुन्दरता पनि देखाएका छन्।

यस पटकको पारा एशियाली खेलकुदमा एशियाका ४४ वटा मुलुक र क्षेत्रका ३ हजारभन्दा बढी पारा खेलाडीहरूले विश्वलाई एउटा न्यानो, अद्भत प्रतियोगिताको प्रदर्शन गरेर जम्मा २१ वटा विश्व रेकर्ड र ७२ वटा एशिया रेकर्ड तोड्नुका साथै समग्रमा २८३ पटक एशिया खेलकुदको रेकर्ड तोडेको छ।

यस पटकको पारा एशियाली खेलकुदमा १२ हजार स्वयंसेवक तथा असंख्य सहरी सेवा कर्मचारीहरूले सेवा दिएका थिए। यातायातदेखि प्रतियोगिताको प्रत्याभूतिसम्म, खाना र आवासदेखि चिकित्सा उद्धारसम्म ठोस सेवाले विभिन्न मुलुकका प्रतिनिधिमण्डललाई गहिरो छाप छोडेको छ।

पारा एशियाली खेलकुद समारोहपछि यी प्रतियोगितास्थल तथा रङ्गशाला हाङचौका नारिकलाई खुला गर्ने योजना रहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn