नेपाली

तीन महिनामा दुई हजार पर्यटकले गरे फोक्सुण्डो भ्रमण

CRIPublished: 2023-11-03 17:26:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वन, वन्यजन्तु, पर्यापर्यटन र प्राकृतिक सम्पदाको दृष्टिकोणले महत्त्वपूर्ण फोक्सुण्डो फोक्सुण्डो तालको दृश्य अवलोकन गर्न आउने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको छ। सडक यातायातको पहुँचसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको गोरखापत्र अनलाइनले लेखेको छ।

शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडका रेन्जर यज्ञराज रोकायका अनुसार भदौदेखि कात्तिक १५ गतेसम्म मात्र विदेशी तथा आन्तरिक गरी दुई हजार पर्यटकले फोक्सुण्डो तालको अवलोकन गरेका छन्। सडक यातायातको पहुँचसँगै डोल्पा घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको रेन्जर रोकायको भनाइ छ।

पछिल्लो समय फोक्सुण्डो ताल हेर्न आउने पर्यटकहरुमा सबैभन्दा आन्तरिक छन्। तीन महिनामा आन्तरिक पर्यटक एक हजार ८१९, सार्क मुलुकका तीन र विदेशी एक सय दुई गरेर एक हजार ९२४ जना फोक्सुण्डो ताल हेर्न आएको रेन्जर रोकायले बताउनुभयो।

कात्तिक १ देखि १५ गतेसम्म मात्र एक हजार २५७ जना पर्यटक फोक्सुण्डो ताल घुम्न आएका हुन्। फोक्सुण्डो ताल जाने प्रवेशद्वार सुलिगाडस्थित निकुञ्ज कार्यालय नजिक भिमपुलसम्म नै मोटरसाइकलबाटै यात्रा गर्न सकिने भएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ।

मोटरसाइकलबाट फोक्सुण्डो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भए तापनि मोटरसाइकल पार्किङको सुविधा नभएपछि बेवारिस अवस्थामै सडकको दुई किनारमा मोटरसाईकल पार्किङ गर्नु पर्ने अवस्था रहेकोमा पर्यटकको गुनासो छ।

Share this story on

Messenger Pinterest LinkedIn