नेपाली

१०२ मेगावाटको मध्य भोटेकोशीको परीक्षण उत्पादन पुसभित्र

CRIPublished: 2023-11-03 17:14:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिलिमे जलविद्युत कम्पनी मुख्य प्रवर्द्धक रहेको निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाले तीन महिनापछि उत्पादन थाल्ने भएको कान्तिपुरले लेखेको छ। बाढीपहिरो, भूकम्प र कोभिडका कारण अन्योलमा परेको आयोजनाले लक्ष्यभन्दा झण्डै ६ वर्षपछि निर्माण पूरा हुन लागेको हो।

उत्पादिन विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि आयोजनाले पहिलो वर्ष २ अर्ब ९० करोड आम्दानी गर्ने छ। मध्य भोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल शिवाकोटीका अनुसार आगामी पुस मसान्तभित्र परीक्षण उत्पादन सुरु गरिनेछ। उहाँका अनुसार आयोजनाको सम्पूर्ण भौतिक र इलेक्ट्रोमेकानिकलको काम अन्तिम चरणमा पुगेको छ।

स्थानीय चाकुमा बाँध र बसेरीमा विद्युत गृह निर्माण गरिएको उक्त आयोजनाको सुरुङको भित्री भागको ग्राउटिङ, ट्रायल एण्ड इरर तथा हाइ एवं लो भोल्टेज टेष्टिङ भइरहेको छ। सुरुङमा एक महिनाभित्रै पानी पठाएर थप परीक्षण गरिने जानकारी आयोजनाले दिएको छ।

भोटेकोशी गाउँपालिका ५ को चाकुमा बाँध बनाएर ७ किमी लम्बाइको सुरुङबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा निर्माण गरिएको विद्युत गृहमा पानी पठाएर विद्युत उत्पादन गरिनेछ। तिब्बतको खासाबाट आएको भोटेकोशी नदीबाट विद्युत उत्पादन गर्न लागेको हो। आयोजनाको आम्दानीको निश्चित प्रतिशत आम्दानी प्रत्येक वर्ष बढ्दै जाने सम्झौता प्राधिकरणसँग गरिएको छ।

सिइओ शिवाकोटीका अनुसार उत्पादित विद्युत प्रतिमेगावाट लागत बढीमा १९ देखि २० करोड पुग्ने अनुमान रहेको छ। २०६८ सालमा अनुमान गरिएको लागत प्रतिमेगावाट साढे १२ देखि १३ करोड रहेको थियो।

सिइओ शिवाकोटीले तोकिएको समयमा पूरा गर्न नसक्दा व्याज तथा विदेशी मुद्राको अधिमूल्यनका कारण लागत बढेको बताउनुभयो। आयोजनाका अधिकारीहरूले भने अन्य आयोजनाहरूको लागतको तुलनामा मध्य भोटेकोशीको लागत महँगो भन्न नमिल्ने दाबी गरेका छन्। उक्त आयोजनामा कोषको लगानी ३७ % गरेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn