नेपाली

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोका पुराना मित्रहरू फेरि भेट्ने

CRIPublished: 2023-11-03 19:26:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

छैठौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ तारिखदेखि १० तारिखसम्म शांगहाईमा आयोजना हुने भएको छ। विभिन्न तयारी कार्य पूरा भइसकेको छ। १५४ वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठनका अतिथिहरू यस पटकको आयात एक्स्पोमा सहभागी हुने छन्। साथै विश्वका ३४०० वटा उद्योग-व्यवसाय प्रदर्शनीमा सहभागी हुने छ। तीमध्ये “बेल्ट एण्ड रोड” को साझा निर्माण मुलुकहरूका उद्योग-व्यवसायहरूको संख्या १५०० भन्दा बढी छ।

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोका पुराना मित्रहरू किन फेरि भेट्ने छन्? किनभने ती पुराना मित्रहरूले चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा विकास अवसर पाएका छन्। चीन बजार विश्वको बजार, संयुक्त रुपमा प्रयोग गर्ने बजार र सबैजनाको बजार बन्ने लक्ष्य चीनले सधैँ नै प्रयास गरिरहेको छ। चीनले विभिन्न मुलुकको उद्योग-व्यवसायका लागि विकासको अवसर ल्याइरहेको छ।

प्रारम्भिक तथ्याङ्कअनुसार, चालू वर्षका अघिल्ला तीन त्रिमासिक अवधिमा चीनको कुल गार्हस्थ उत्पादनको कुल रकम गत वर्षको सोही अवधिको तुलनामा ५.२ प्रतिशतले वृद्धि भएको छ। उक्त वृद्धि गति विश्वको मुख्य विकसित आर्थिक समूहभन्दा छिटो भएको छ।

१ लाख ४० करोड जनसंख्या र ४० करोड मध्य आय वर्ग रहेको ठूलो बजारबाहेक, चीन सरकारले बाह्य खुलापनलाई अगाडि बढाएको कुरा पनि विभिन्न मुलुकलाई आकर्षित गरेको महत्वपूर्ण कारक-तत्व हो। खास गरी “बेल्ट एण्ड रोड” को साझा निर्माणबाट देखिएको खुलापन अठोटबाट विश्व लाभान्वित भएको छ।

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो चीनले मानव भाग्य समुदायको सिर्जना गर्न अगाडि बढाएको अभ्यास हो। यो झ्यालबाट विश्वले चीनको बहुपक्षीयतावाद पालना तथा विकासको हितको संयुक्त रुपमा प्रयोग गर्ने अठोट देखेको छ।

Share this story on

Messenger Pinterest LinkedIn