नेपाली

यस घटनाबाट आणविक दूषित पानीसम्बन्धी जापानका दुई झूट पत्ता लगाइयो

CRIPublished: 2023-11-03 16:41:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनीले नोभेम्बर २ तारिख फुकुसिमा आणविक दूषित पानीलाई तेस्रोपटक समुन्द्रमा निकास गर्नथालेको छ। यस पटकको निकास यसै नोभेम्बर २० तारिखसम्म चाल्ने अनुमान गरिएको छ भने निकास मात्रा करीब ७८०० टन पुग्ने छ।

टोकियो इलेक्ट्रिक पावर कम्पनीकाअनुसार, निकास गरिने आणविक दूषित पानीमा समावेश रेडियोधर्मी पदार्थ ट्रिटियमको एकाग्रता अनुमानसित अनुकूल छ। तर एक साताअघि टोकियो इलेक्ट्रिक पावर कम्पनीमा रेडियोधर्मी फोहोर तरल पदार्थको स्पटरिंग भएको छ। जसकारण दुईजना मजदूरलाई अस्पतालमा पठाइएको छ। यसबाट हेर्दा जापानको तथाकथित आणविक दूषित पानी सुरक्षित भएको विश्वास गर्नसकिँदैन।

हाल जापानले आणविक दूषित पानीलाई समुद्रमा निकास थालेको दुई महिनाभन्दा बढी भएको छ। पछिल्लो घटनाबाट प्रमाण गरिएअनुसार, दीर्घकालीन र प्रभावकारी अन्तर्राष्ट्रिय अनुमगन प्रणालीको स्थापना हुनुपर्छ। समुद्र मानवको साझा घर हो। विश्वले जापानको स्वार्थीपनका लागि बिल भुक्तानी गर्नुहुँदैन।

Share this story on

Messenger Pinterest LinkedIn